Skip to content
Prabhu

सेयर बजारमा १ प्रतिशभन्दा बढीको वृद्धि, परिसूचक २५६८ विन्दुमा पुग्दा कारोबार १४ अर्ब बढी

nabil

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सेयर बजार परिसूचक अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले बढेको हो ।

साताको अन्तिम कारोबार दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३२ अंकले बढेर २५६८ दशमलव ११ विन्दुमा पुगेको छ । पछिल्ला दिनहरुको लगातार जासो बढिरहेको सेयर बजार परिसूचक अघिल्लो दिन भने घटेको थियो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार सेयर बजारमा १४ अर्ब भन्दा बढीको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ३२० कम्पनीका ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १ लाख ५९ हजार ७५७ पटक खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०९ अंकले बढेर ४६० दशमलव ०३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसमूहको सेयर मूल्य घटेको छ भने बाँकी ९ उपसमूहको परिसूचक मूल्य बढेको छ ।

आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा २३६ रुपैयाँ २० पैसाले बढेर २ हजार ५९८ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal