Skip to content
Prabhu

लेटाङ नगरपालिकामा न्यायिक समितिका लागि छुट्टै इजलास

nabil

मोरङ । मोरङको लेटाङ नगरपालिकाले स्थानीय न्यायिक समितिका लागि छुट्टै इजलास निर्माण गरी सञ्चालनमा ल्याएको छ । स्थानीय न्याय प्रणालीमा सहजताका लागि इजलासको सुरुआत गरिएको हो ।

इजलास सुरु गरेसँगै उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्णकुमारी निरौलाले जानकारी दिए । ‘स्थानीय सरकार सञ्चालन ऐन बमोजिमका मुद्दामा मेलमिलाप गर्न नसकिएमा फैसला गर्न पाउने कानुनी व्यवस्था छ, यसअनुसार अब हामीलाई अदालत जस्तै फैसलाको अधिकार रहनेछ । यो इजलास हाम्रो नगरपालिकाको न्याय प्रणालीमा एक नयाँ अध्याय हो । अब हामी अझ प्रभावकारी र व्यावसायिक तरिकाले न्याय सम्पादन गर्न सक्षम हुनेछौँ,’ उनले भने ।

२६ लाख ५७ हजार चार सय १० रुपैयाँको लागतमा निर्मित यो दुई तले भवनमा इजलासका साथै गोप्य कक्ष र बैठक कक्षको समेत व्यवस्था गरिएको छ । यस नयाँ संरचनाले स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत न्यायिक समितिलाई प्रदान गरिएको अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने अपेक्षा गरिएको नगर प्रमुख भुपेन्द्रकुमार लावती बताए ।

यसअघि उपप्रमुखको कार्यालयबाटै सञ्चालन हुँदै आएको न्यायिक सेवाहरू अब यस नवनिर्मित भवनबाट प्रदान गरिने लेटाङ नगरपालिकाले जनाएको छ । इजलासमा न्यायिक समिति संयोजक, दुईजना न्यायिक समिति सदस्य, सम्बन्धित मेलमिलापकर्ता र विवादित पक्षका व्यक्तिहरू रहने व्यवस्था गरिएको उपप्रमुख निरौलाले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal