Skip to content
Prabhu

न्यादी हाइड्रोपावर १६ करोड ६६ लाख नोक्सानीमा

काठमाडौं । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावरले १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । अघिल्लो वर्षको तुलनामा यसको नोक्सनी घटेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सान बेहोरेको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ । विद्युत बिक्रीबाट आम्दानी बढेकै कारण यसले आफ्नो नोक्सानीमा केही कमी ल्याउन सकेको देखिन्छ ।

यसले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ । गत असार मसान्तसम्म यसको चुक्ता पुँजी १ अर्ब ५० करोड छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ २ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal