Skip to content

राष्ट्र बैंकद्वारा संस्थागत निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुले कम गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत परिवर्तन गरेका नीतिहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन गरेको छ । 

राष्ट्र बैंकले  क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत विन्दुसम्म मात्रै कम राख्न पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था २०८० चैत १ गतेदेखि लागू हुने केन्द्रीय बैंकले जनाएको छ । हाल भने व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत  विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । 

त्यसैगरी कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने गरेको छ । यसअघि भने १ करोड रुपैयाँसम्म प्रवाह भएको यस्तो कर्जालाई मात्र ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने व्यवस्था रहेको थियो । यो व्यवस्थाले बैंकहरुको पुँजी कोषमा दबाब कम हुने र थप कर्जा प्रवाह गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima