Skip to content
Prabhu

कस्तो रहला मौद्रिक नीति पछिको सेयर बजार ?

काठमाडौं । आइतबार सेयर बजार कस्तो रहला भन्ने आम चासोको विषय रहेको छ । नयाँ मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो कारोबार दिन बजार के होला भन्ने आम चासो रहेको हो ।

गत साता करिब ६ प्रतिशले बढेको सेयर बजार परिसूचक (नेप्से) मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो दिन बढ्न सक्ने आंकलन गरेको छ । गत साता सेयर बजार परिसूचक ५.९३ प्रतिशतले बढेको थियो ।

अघिल्लो साता २४२४ दशमलव ३२ विन्दुमा बन्द भएको नेप्से गत साता १४३ दशमलव ८१ अंक बढेर २५६८ दशमलव १३ विन्दुमा पुगेको थियो ।

मौद्रिक नीतिमा गरिएका व्यवस्थाका कारण आइतबार उच्च अंकले बढ्ने आंकलन गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal