Skip to content

प्रिओपन सेसनमा ३८ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक ३८ अंकभन्दा बढीले बढेको छ । आइतबारको प्रिओपन सेसनमा नेप्से ३८ दशमलव २७ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३२ दशमलव ०२ अंक बढेर २५६८ दशमलव १३ विन्दुमा बन्द भएको नेप्से आइबारको प्र्रिओपन सेसनमा ३८ दशमलव २७ अंक बढेर २६०६ दशमलव ४१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.७९ अंक बढेको छ ।

आजको प्रिओपन सेसनमा १९२ कम्पनीको कारोबार भएको छ । जसमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ९ करोड ६८ लाख ५३ हजार ४०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima