Skip to content
Prabhu

मौद्रिक नीतिपछि बैंकको सेयर मूल्य उचालियो, सबै बैंकको सेयर मूल्य २ सयमाथि

 

काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिपछि वाणिज्य बैंकहरुको सेयर मूल्यमा वृद्धि भएको छ । मौद्रिक नीति आएपछिको पहिलो कारोबार जारी रहँदा बैंकहरुको सेयर मूल्य उचालिएको हो ।

मौद्रिक नीतिले बैंकहरुलाई साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने नीति लिएको थियो । जसको प्रभाव बैंकको सेयर मूल्यमा परेको छ । बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ ।

वाणिज्य बैंकमा आएको वृद्धिले आइतबार नेप्सेमा दुईपल्ट सर्किट लागेर बन्द भएको थियो । दुई पटकको सर्किट पछि खुलेको बजार सम्हालिएर अघि बढिरहेको छ ।

हालसम्म १९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा उच्च अंकको वृद्धि आएको छ । प्रभु, एनएमबि, एनआईएमबी, ग्लोबल आईएमई बैंकको सेयर मूल्य १० प्रतिशतले बढिसकेको छ । आइतबार सबै बैंकको सेयर मूल्य २०० रुपैयाँ नाघेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal