Skip to content
Prabhu

पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । काठमाडौं र हेटौंडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२, पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौंडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए ।

अहिले त्रिभुवन राजपथ, हेटौंडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal