Skip to content
Prabhu

गोरखा पहिरोमा बेपत्ता हुने ५ पुगे, घाइते २ जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

गोरखा। उत्तरी गोरखाको धार्चे ५ रेशामा गएको पहिरोबाट घाइते भएका दुई जनाको उपचारका लागि काठमाडौं लगिएको छ भने पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरमार्फत उपचारका लागि टिचिङ अस्पताल लगिएको हो ।

उनले बेपत्ताहरूको पनि पहिचान भएको जानकारी दिए । उनका अनुसार धार्चे गाउँपालिका ५ रेशा बस्ने ३७ वर्षका जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षकी कान्छी गुरुङ, बुबा ६० वर्षका सुलार कान्छा गुरुङ, सिम्ला बस्ने ३३ वर्षका रमेश गुरुङ र आरुघाट गाउँपालिका ७ आरुपोखरीका २४ वर्षीय रमेश परियार छन् ।

जित घरका धनी हुन् । रमेश कामदार र अर्का रमेश परियार ट्याक्टर चालक हुन् । बेपत्ताको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरीको टोली, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी सुरु गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal