Skip to content
Prabhu

२१ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट, १८ वटा बैंक मालामाल

काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भयो । कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार ४.४१ प्रतिशतले अर्थात् ११३ दशमलव ४२ अंकले बढेको हो ।

आइतबार कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये १७ वटा वाणिज्य बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल एसविआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र नेपाल बैंकको सेयर मूल्यमा १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ । एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै एनआईसी एसिया बैंक, नविल बैंक, हिमालयन बैंकको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल इन्फा स्टक्चर बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै उपकार लघुवित्त र ह्याथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य पनि १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal