Skip to content
Prabhu

सेयर बजारमा हरियाली कायम भएको दिन ४ लघुवित्तको सेयर मूल्य घट्यो, शीर्ष पाँचमा एक म्युचुअल फण्ड

काठमाडौं । आइतबार सेयर बजार तेहेरो अंकले बढेर बन्द भयो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ११३ अंकभन्दा बढीले बढ्यो । सेयर बजारमा उत्साह देखिएको दिन ८७ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो ।

आज सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ४ वटा लघुवित्त कम्पनी रहेका छन् । शीर्ष पाँच कम्पनी भित्र एउटा म्युचुअल फण्ड रहेको छ । आज गणपति लघुवित्त, लक्ष्मी लघुवित्त, नाडेप लघुवित्त र विजय लघुवित्त वित्तय संस्थाका सेयरधनीले सबै भन्दा धेरै गुमाए । त्यस्तै सिद्धार्थ लगानी वृद्धि योजना २ को सेयर मूल्य पनि धेरैले घटेको छ ।

आज गणपति लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३५ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मुल्य १९५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि ४.६० प्रतिशत अर्थात् ६५ रुपैयाँले घटेर १ हजार ३४९ रुपैयाँ पुगेको छ ।

त्यस्तै नाडेप लघुवित्तको सेयर मूल्य ३.७७ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर १ हजार १९ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । विजय लघुवित्तको सेयर मूल्य पनि ३.४६ प्रतिशतले घटेको छ । यो लघुवित्तको सेयर मूल्य ३९ रुपैयाँले घटेर १ हजार ८९ रुपैयाँ पुगेको छ । आज धेरै गुमाउने कम्पनीको शीर्ष पाँच कम्पनी भित्र परेको छ सिद्धार्थ लगानी वृद्धि योजाना–२ को सेयर मूल्य पनि ५.७१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ०.५७ रुपैयाँले घटेर ९ रुपैयाँ ४१ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal