Skip to content
Prabhu

सेयर बजारमा दुई घण्टामै ११ अर्बको कारोबार, नयाँ रेकर्ड कायम होला ?

काठमाडौं । सेयर बजारमा सोमबारको कारोबार जारी रहँदा सुरुको दुई घण्टामा ११ अर्ब बढीको कारोबार भएको छ । सोमबार दिउँसो १ बजेसम्मको कारोबार अवधिमा सेयर बजारमा ११ अर्ब बढीको कारोबार भएको हो ।

सोमबारको ११ बजेभित्र सेयर बजारमा २ करोड ७७ लाख ४६ हजार १३८ कित्ता सेयर कारोबारबाट ११ अर्ब १८ करोड ८२ लाख ६२ हजार ६०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अबको दुई घण्टामा पनि यही गतिमा कारोबार भएमा कारोबार रकमले नयाँ रेकर्ड कायम गर्ने देखिन्छ । अब सेयर कारोबार हुने समय दुइ घण्टा बाँकी रहेको छ । सेयर बजारमा अहिलेसम्म सबैभन्दा धेरै रकमको कारोबार २० अर्ब ४० करोड रुपैयाँको रहेको छ । जुन २०७८ साल भदौ ३ गते कायम भएको थियो ।

१ बजेसम्मको कारोबार अवधिमा समग्र सेयर बजार भने घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक १३ दशमलव ४४ अंकले घटेको छ । यो अवस्थासम्म थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal