Skip to content
Prabhu

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, क्षमता अभिवृद्धिदेखि बजारलाई पारदर्शी बनाउनेसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक आर्थिक वर्षभित्र गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको हो ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन १२ वटा बुँदा समेटिएको योजना सार्वजनिक गरेको छ । बोर्डले नीति तथा कार्यक्रममार्फत संरचनागत सुधार तथा क्षमता अभिवृद्धि, प्रभावकारी नियमन, विद्युतीय प्रणालीमा आबद्धता, समयसापेक्ष ऐनको निर्माण लगायतका कार्यक्रम अघि सारेको छ । त्यस्तै नवीनतम वित्तीय औजारको प्रयोग लगायतका कार्यक्रमहरु पनि योजनामा समावेश गरिएको छ ।

त्यस्तै बोर्डले धितोपत्र बजारलाई पारदर्शी बनाउँदै नियमनलाई थप मजबुत बनाउने गरी नीति तथा कार्यक्रम पास गरेको हो । बोर्डले आईपीओ निष्काशन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता कायम गर्न नीतिसमेत लिएको छ ।

यसका साथै बोर्डले बुक बिल्डिङ विधिमार्फत गरिने सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने नीति पनि अघि सारेको छ ।

पटक–पटक विवाद आउन लागेपछि बोर्डले यस्तो नीति अघि बढाएको हो । धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधिसभा र सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने पनि बोर्डको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal