Skip to content
Prabhu

फेरिए ३ प्रदेश प्रमुख

काठमाडौं । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । सरकारले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएरको हो ।

पुरानालाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिए ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal