Skip to content
Prabhu

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड २ को लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड २ र लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना एकाइधनीहरुका लागि लाभांश घोषणा गरेका छन् । लक्ष्मी भ्यालु फन्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

साउन १४ गते बसेको यी फन्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal