Skip to content
Prabhu

१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भएको ६० वर्षपछि पुनः डिटेल डिजाइन हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्णाली चिसापानी बहुउद्देश्यीय जलविद्युत आयोजनाको विस्तृत डिजाइनको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले १० हजार ८ सय मेगावाटको आयोजनाको विस्तृत डिजाइनको प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणले सार्वजनिक सूचनामार्फत आशयपत्र जारी गरेर विस्तृत डिजाइन र टेण्डर डकुमेन्ट तयार पार्न परामर्शदाता नियुक्त गर्न लागेको हो । यसअघि पनि कम्पनी परामर्शदाताका लागि सूचना निकालेको थियो । तर, प्राविधिक कारण देखाउँदै प्राधिकरणले पुनःआशयपत्र जारी गरेको छ । प्राधिकरणले भदौ १२ गतेसम्म इच्छुक कम्पनीले आवेदन दिन सक्ने जनाएको छ ।

परामर्शदाताका रुपमा ठेक्का पाउने कम्पनीले ४ वर्षमा विस्तृत अध्ययन, डिजाइन र टेण्डर डकुमेन्ट तयार पार्नुपर्नेछ । ४ वर्षमा अध्ययन सक्ने र लगानी जुटाउने योजनामा प्राधिकरण छ । गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो जलविद्युत आयोजना अध्ययनको जिम्मा प्राधिकरणलाई दिने निर्णय गरेको थियो ।

यो आयोजनाको ६० वर्ष पहिले नै सम्भाव्यता अध्ययन भएको थियो । जडित क्षमताको हिसाबले अहिलेसम्मको ठूलो यो परियोजना चर्चामै सीमित छ । राजनीतिक नेतृत्वले सधैंभरी चर्चा गरिरहने भए पनि ठोस काम अघि बढाउन सकिएको छैन । सम्भाव्यता अध्ययन भएको ६० वर्षपछि प्राधिकरणलाई थप अध्ययनको जिम्मा दिइएको हो ।

२० खर्ब रुपैयाँ लाग्ने भनिएको यो परियोजना १२ खर्ब रुपैयाँमा बन्न सक्ने प्राधिकरणका अधिकारीहरुको अनुमान छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal