Skip to content

वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन

nabil
global ime

मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ ।

अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।

यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्‍याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन गरिएको आयोजना प्रमुख शर्माले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T