Skip to content
Prabhu

सान्जेन जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको पहिलो एक घण्टाको अवधिमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढेको हो । एक घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ ४० पैसाले बढेर ३६७ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ ।

सान्जेनको सेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि समग्र बजार भने घटेको छ । एक बजेसम्मको अवस्थामा नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा ४ अर्ब १९ करोड बढीको कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal