Skip to content

आज ७ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छायो । अघिल्लो दिन २० अंकले घटेको सेयर बजारमा यो दिन ३५ अंकले बढेर कारोबार बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढ्यो ।

आजको कारोबार बन्द हुँदा ८ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । आज प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी र नेपाल वेयरहाउजिङको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ।
आजको कारोबार बन्द हुँदा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात ४९ रुपैयाँ ४० पैसाले बढेर ५४३ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ । त्यस्ते बरुण हाइड्रोपावरको सेयर मूल्य ३६ रुपैयाँ १० पैसाले बढेर ३९७ रुपैयाँ १० पैसा पुगेको छ ।

सान्जेन जलविद्युत आयोजनाको सेयर मूल्य ३३ रुपैयाँ ४० पैसाले बढेर ३६७ रुपैयाँ ४० पैसा पुगेको छ भने नेपाल वेयरहाउजिङको सेयर मूल्य १०२ रुपैयाँ ७० पैसाले बढेर १ जहार १२९ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड, नेपाल फाइनान्स, मध्य भोटेकोशी जलविद्युत कम्पनी र ह्याथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्यमा पनि सर्किट लागेको छ ।

सिइडिबी हाइड्रोपावरको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य १४९ रुपैयाँ ९० पैसाले बढेर १ हजार ६४९ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै नेपाल फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् १६२ रुपैयाँ ७० पैसाले बढेर १ हजार ७९१ रुपैयाँ ७० पैसा पुगेको छ।

त्यस्तै मध्ये भोटेकोशी जलविद्युतको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ३४ रुपैयाँ ८० पैसाले बढेर ३८३ रुपैयाँ ४० पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima