Skip to content
Prabhu

धेरै गुमाउने कम्पनीको शीर्ष पाँचमा एसियन हाइड्रोदेखि युनिलिभरसम्म

काठमाडौं । मंगलबार सेयर बजारमा धेरै मूल्य घट्ने कम्पनीको शीर्ष पाँचमा एसियन हाइड्रोपावरदेखि युनिलिभर नेपालसम्म छन् । आजको कारोबार बन्द हुँदा एसियन हाइड्रोको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको गिरावट आएको छ भने युनिलिभरको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ ।

आज एसियन हाइड्रोको सेयर मूल्य १० प्रतिशत अर्थात् ८८ रुपैयाँले घटेर ७९२ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै धेरै मूल्य घट्ने कम्पनीमा आज गणपति लघुवित्त वित्तीय संस्था दोस्रो नम्बरमा रहेको छ ।

यो स्टकको सेयर मूल्य ६.११ प्रतिशत अर्थात् १२३ रुपैयाँले घटेर १ हजार ८९१ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को सेयर मूल्य ४.७२ प्रतिशतले घटेको छ । यो स्टकको सेयर मूल्य ०.४९ रुपैयाँले घटेर ९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

त्यस्तै प्रभु बैंक डिबेन्चर २०८७ को सेयर मूल्य पनि ३.९० प्रतिशतले घटेको छ । यो डिबेन्चरको सेयर मूल्य ३९ रुपैयाँले घटेर ९६१ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीको शीर्ष पाँचमा रहेको युनिलिभर नेपालको सेयर मूल्य ३.६५ प्रतिशत अर्थात् १ हजार ८९९ रुपैयाँ घटेर ५० हजार १०१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal