Skip to content
Prabhu

रुसको हिरासतमा रहेका दैलेखका दुई जनालाई उद्धार गर्न सांसद थापाको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले रुसको हिरासतमा रहेका दुई नेपालीको उद्धार गर्नका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

सांसद थापाका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका–६ का बलबहादुर कार्की र तेजबहादुर शाही हाल रुसको हिरासतमा रहेकाले उद्धार गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘रुस र युक्रेनको लडाइँमा दैलेख डुंगेश्वर गाउँपालिका–६ का दुई जना घाइते भएका छन् । घाइते भएर उपचार गर्ने क्रममा अब आफ्नो देश जान्छुभन्दा अहिले उनीहरूलाई रुसले हिरासतमा राखेको छ,’ उनले भने,‘उनीहरूको परिवार जीवन रक्षाका लागि रोइरहेका छन् । उनीहरूलाई कसरी उद्धार गर्न सकिन्छ ? उनीहरूलाई कसरी नेपालमा ल्याउन सकिन्छ, म सरकार र श्रम मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal