Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे ११ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबारको प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंकले बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव ५९ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ३५ दशमलव ५५ अंक बढेर २६९६ दशमलव ६५ विन्दुमा बन्द भएको नेप्से आजको प्रिओपन सेसन पछि २७०८ दशमलव २४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २ दशमलव ३२ अंक बढेको छ ।

बुधबारको प्रिओपन सेसनमा ८८ कम्पनीका १६ हजार १०७ कित्ता सेयर २१३ पटक खरिद बिक्री हुँदा १ करोड २३ लाख ५३ हजार ९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ६३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal