Skip to content
Prabhu

दुई घण्टामा साढे ११ अर्बको कारोबार, १२ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारको कारोबार जारी रहँदा सेयर बजारमा उल्लेख्य सुधार भएको छ । दुई घण्टाको कारोबार समयमा सेयर बजार परिसूचक २.८४ प्रतिशतले बढेको हो ।

आजको सेयर बजारमा दुई घण्टाको कारोबार समयमा साढे ११ अर्ब रुपैयाँको कारोबार भएको छ । दुई घण्टाको अवधिमा सेयर बजारमा ११ अर्ब ४९ करोड २९ लाख १६ हजार रुपैयाँ बढीको कारोबार भएको छ । अघिल्लो दिन १७ अर्ब बढीको कारोबार भएको थियो ।

बुधबारको कारोबार जारी रहँदा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । आज गोरखा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, सिङगटी हाइड्रो इनर्जि, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, कुथेली बुखारी स्माल हाइड्रोपावर र ह्याथवे इन्भेष्टमेन्टको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । नेपाल वेयरहाउजिङ कम्पनी र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै प्रोग्रेससिभ फाइनान्स र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

दिउँसो १ बजेसम्मको कारोबार अवधिमा सेयर बजार परिसूचक ७६ दशमलव ६७ विन्दुले बढेर २७७३ दशमलव ३२ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal