Skip to content
Prabhu

१ वर्षमा झन्डै साढे ७ लाख युवा रोजगारीको खोजीमा विदेशीय

काठमाडौं । गत आर्थिक वर्षमा झन्डै साढे ७ लाख युवा रोजगारीको खोजीमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रोजगारीको खोजीमा नेपालबाट ७ लाख ४१ हजार २ सय ९७ जनाले नेपाल छाडेका हुन् ।

यो अवधिमा नेपालबाट नयाँ र पुराना गरी ६ लाख ६१ ह्जार १२५ जना पुरुष र ८० हजार १७२ जना महिलाले विदेशमा रोजगारीका लागि श्रमस्वीकृति लिएको तथ्यांकले देखाएको छ । यो अवधिमा नेपालबाट १४९ देशमा रोजगारीको खोजीमा युवा पुगेका छन् । विभागको तथ्यांकअनुसार असार महिनामा मात्रै नेपालबाट ५८ हजार ७ सय ३६ जनाले विदेशमा रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

नेपालबाट श्रम स्वीकृति दिएर विदेश जानेमध्ये अधिकांश मलेसिया र खाडी मुलुक गएका छन् । एक वर्षको अवधिमा नेपालबाट ८० प्रतिशतभन्दा धेरै युवायुवती रोजगारीका लागि खाडी र मलेसिया गएको देखिन्छ । नेपालबाट एक आर्थिक वर्षमा सबैभन्दा कामको खोजीमा सबैभन्दा धेरै युवा यूएई पुगेका छन् । एक वर्षको अवधिमा नेपालबाट श्रम स्वीकृति लिएर यूएई जाने नेपालीको संख्या १ लाख ९३ हजार ४ सय ३८ जना रहेको छ । त्यस्तै एक वर्षमा नेपालबाट १ लाख ४१ हजार ५ सय जनाले साउदीका लागि श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै यो अवधिमा कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या १ लाख ३४ हजार ६६९ रहेको छ । एक वर्षको अवधिमा रोजगारीका लागि १ लाख ३ हजार ४४२ जना नेपाली मलेसिया पुगेका छन्। यो अवधिमा ४० हजार ३६८ जना कुवेत, ५ हजार ९ सय १० ओमान र ९ हजार ८ सय ६ जनाले बहराइनका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा नेपालीहरु विदेश जानु पर्ने बाध्यता रहेको छ । प्रत्येक वर्ष रोजगारी बजारमा ५ लाख युवा आउने गरेका छन् । नेपालमा रोजगारीको अवसर नभएपछि उनीहरु विदेश जान बाध्य हुन्छन् । पछिल्लो सयम नेपालीहरु मलेसिया र खाडी मुलुक बाहेक युरोप, अमेरिका लगायतका देशमा पनि रोजगारीका लागि जाने गरेका छन् । पछिल्लो सयम माल्टा, रोमानीया, साइप्रस, क्रोयशीयालगायत देशमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ ।

त्यस्तै दक्षिण कोरिया र इजरायलमा रोजगारीका लागि नेपाल सरकार आफैंले पठाउने गरेको छ । जुन रोजगारीको आकर्षक गन्तव्य मानिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal