Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफको ‘लक इन’ अवधि साउन २९ गते सकिँदै

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर लक इन अवधि साउन २९ गते सकिने भएको छ । कम्पनीको १ करोड ४३ लाख कित्ता सेयरको ‘लक इन’ अवधि साउन २९ गतेपछि सकिने भएको हो ।

सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर रहेको छ । उक्त सेयर मध्य साबिक सानिमा लाइफका संस्थापक तर्फको १ करोड ४० लाख र कर्मचारीहरूको ३ लाख कित्ता सेयर ‘लक इन’ रहेको छ ।

साबिक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal