Skip to content
Prabhu

सेयर बजारः कारोबार रकम रेकर्ड नजिक, परिसूचक पनि बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम नयाँ रेकर्ड नजिक पुगेको छ । दिउँसो साढे २ बजेसम्मको अवधिमा सेयर बजारमा साढे १९ अर्ब बढीको कारोबार भएको छ । जुन अहिलेसम्मको सबैभन्दा धेरै कारोबार रकम २० अर्ब ४० करोडको नजिकको विन्दु हो । दिउँसो साढे दुई बजेसम्मको कारोबार अवधिमा सेयर बजारमा १९ अर्ब ५७ करोड ४२ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

२०७८ साल भदौ ३ गते सेयर बजारमा २० अर्ब ४० करोडको कारोबार भएर बन्द भएको थियो । त्यस पछि कुनै पनि समय सेयर बजारमा त्यो विन्दुसम्मको कारोबार भएको छैन । आधा घण्टाको कारोबार बाँकी रहँदा कारोबार रकमको त्यो विन्दु पार गर्ने सम्भावना देखिएको हो ।

पछिल्लो सयम सेयर बजारमा कारोबार रकम लगातार जसो बढीरहेको छ । नयाँ सरकार बने पछि सेयर बजार परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भइरहेको हो । यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक पनि ५८ दशमलव ७८ अंकले बढेर २७५५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal