Skip to content
Prabhu

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ६४.२५ अंकले बढ्दा कारोबार रकम झन्डै २२ अर्ब

काठमाडौं । सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सेयर बजारमा झन्डै २२ अर्ब रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।

यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ५३ करोडको  कारोबार भएको थियो । झन्डै ३ वर्षको अवधिमा सो कारोबारको रेकर्ड तोडिएको हो । आज सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३२ कम्पनीका ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २ लाख ३८ हजार २७२ पटक खरिद बिक्री भएका छन् ।

कारोबार रकमसँगै आज नेप्से परिसूचक पनि ६४ अंकभन्दा बढीले बढेको छ । साताको चोथो कारोबार दिन नेप्से परिसूचक ६४ दशमलव २५ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २७६० दशमलव ९० विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा २.३८ प्रतिशतले बढी हो ।

आज सेयर बजामार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६५ विन्दुले बढेर ४९६ दशमलव ०३ विन्दुमा पुगेको छ । आज ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal