Skip to content

ऐतिहासिक कारोबार भएको दिन सेयर बजारमा १२ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कार्य गर्यो। आज सेयर बजारमा झण्डै २२ अर्ब रुपैयाँको कारोबार भएर बन्द भयो । परिसूचक पनि ६४ दशमलव २५ अंकले बढेको हो।

आजको कारोबार बन्द हुँदा १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढेको थियो । आजको कारोबार बन्द हुँदा युनाइटेड अजोड इन्स्योरेन्स, गोरखा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलाइनस फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाई हाइड्रोपावर, नेपाल रिपब्लिक मिडाया, कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशत र ओरिएन्टल होटल्सको सेयर मूल्य ९.९६ प्रतिशत र समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ ।

आज युनाइटेड अजोडको सेयर मूल्य ६९ रुपैयाँ २० पैसाले बढेर ७६१ रुपैयाँ २० पैसा, गोरखा फाइनान्सको ७८ रुपैयाँले बढेर ८५८, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५७ रुपैइाँ ६० पैसाले बढेर ६३३ रुपैयाँ ६० पैसा, रिलाइन्स फाइनान्सको सेयर मूल्य ५२ रुपैयाँ ६० पैसाले बढेर ५७८ रुपैयाँ ६० पैसा र दिव्यश्वरी हाइड्रोपावरको २३ रुपैयाँ ५० पैसाले बढेर २५८ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै मकर जितुमाया सुरु हाइड्रोपावरको ४७ रुपैयाँ ३० पैसाले बढेर ५२० रुपैयाँ ५० पैसा, नेपाल रिपब्लिक मिडियाको ४७ रुपैयाँले बढेर ५१७ रुपैयाँ, कुथेरी बुखारीको १५४ रुपैयाँ बढेर १ हजार ६९४, वेयरहाउजिङको ११२ रुपैयाँ ९० पैसाले बढेर १ हजार २४२ रुपैयाँ ६० पैसा र प्रोग्रेसिफ फाइनान्सको ५४ रुपैयाँ ३० पैसाले बढेर ५९७ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै ओरिएन्टल होटल्सको सेयर मूल्य १०० रुपैयाँले बढेर १ हजार १०४ रुपैयाँ र समृद्धि फाइनान्सको सेयर मूल्य ६३ रुपैयाँ ५० पैसाले बढेर ७०१ रुपैयाँ ५० पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime