Skip to content
Prabhu

बुधबार सबैभन्दा धेरै गुमाउने कम्पनीहरु

काठमाडौं । बुधबार सेयर कारोबारमा ऐतिहासिक रेकर्ड कायम भयो । कारोबार रकम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको दिन केही कम्पनीका सेयरधनीले भने नोक्सानी भोग्नु प¥यो । आज ४४ कम्पनीको सेयर मूल्य घटेर बन्द भएको हो ।

आज सेयर बजारमा भएका कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूल्य सिभिल बैंक डिभेन्चर २०८८ को घटेको छ । यो कम्पनीको सेयर मूल्य ७.९२ प्रतिशतले घटेको हो । आजको कारोबार बन्द हुँदा यो स्टकको सेयर मूल्य ९२ रुपैयाँले घटेर १ हजार ७० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा आत्मनिर्भर लघुवित्त दोस्रो नम्बरमा रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा ६.५२ प्रतिशत अर्थात् १९४ रुपैयाँ ८० पैसाले घटेर २ हजार ७९२ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य ५ प्रतिशत अर्थात् १५० रुपैयाँले घटेर २ हजार ८५० रुपैयाँमा कारोबार बन्द भएको छ ।

ब्ुधबार एसियन हाइड्रोपावरको सेयर मूल्य पनि ४.०४ प्रतिशत अर्थात् ३२ रुपैयाँले घटेर ७६० रुपैयाँ पुगेको छ । आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा परेको एसबिएल डिबेन्चरका सेयर धनीले ३.९३ प्रतिशतले गुमाएका छन् । यो स्टकको सेयर मूल्य ४२ रुपैयाँ ९० पैसाले घटेर १ हजार ५० रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal