Skip to content
Prabhu

बैंकिङ क्षेत्र सक्षम र सबल रहेकाले ढुक्कसँग कारोबार गर्न राष्ट्र बैंकको आग्रह

 

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र  सबल रहेको स्पष्ट पारेको हो । 

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोष, कर्जा निक्षेप अनुपात तथा तरलताको अवस्थासम्बन्धी परिसूचकहरु निर्देशनअनुरुप नै रहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ । यी परिसूचकहरु तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । 

सरोकारवालालाई ढुक्कसँग नियमित रुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पछिल्लो समय एनआइसी एसिया बैंकप्रति चलाइएको हल्लालाई संकेत गरेर राष्ट्र बैंकले विज्ञप्ति जारी गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal