Skip to content
Prabhu

बिहीबारका लागि यस्तो छ डलर, पाउण्ड, रियाल र जापानी येनको भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५२ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०० रुपैयाँ ३३ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ रुपैयाँ ७६ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९ रुपैयाँ २२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ११ पैसा र बिक्रीदर १७ रुपैयाँ १९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ३९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal