Skip to content
Prabhu

एनआइसी एसिया क्यापिटलअन्तर्गतका ५ वटा म्युचुअल फन्डले गरे लाभांश घोषणा

काठमाडौं । एनआईसी एसिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले लाभांश घोषणा गरेको छ। एनआर्इसी एसिया क्यापिटलअन्तर्गतका ५ वटा म्युचुअल फन्डहरुले ५३.२५ प्रतिशत प्रतिफल घोषणा गरेका छन् ।

बुधबार बसेको सञ्चालक समिति बैठकले ५ वटै फण्डले प्रतिफल दिने प्रस्ताव गरेको हो । जसमा एनआइसी एसिया सेलेक्ट ३० (इन्डेक्स फन्ड)ले १४ प्रतिशत, एनआइसी एसिया फ्लेक्सी क्याप फन्डले १०.५०, एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले १० प्रतिशत, एनआइसी एसिया ग्रोथ फन्डले ९.५० र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

यो प्रतिफल करसहित हो । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले आज बुक क्लोज गरेको छ । बुधबारसम्म कायम रहेका सेयरधनीले तोकेको प्रतिफल पाउनेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal