Skip to content
Prabhu

सेयर बजारमा एक घण्टामा ५ अर्ब ९६ करोडको कारोबार, २ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबारको पहिलो एक घण्टामा सेयर बजारमा झण्डै ६ अर्ब रुपैयाँको कारोबार भएको छ । बिहीबारको कारोबार जारी रहँदा सेयर बजारमा ५ अर्ब ९६ करोड ४६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

अघिल्लो दिन सेयर बजारमा ऐतिहासिक २१ अर्ब ९१ करोड बढीको कारोबार भएको थियो । आजको कारोबार जारी रहँदा सेयर बजारमा २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १२ बजेसम्मको कारोबार अवधिमा सिटी होटल र बुखारी कुथेली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

बिहीबारको एक घण्टाको कारोबारमा समग्र बजार परिसूचक २२ दशमलव १४ अंकले बढेर २७८३ दशमलव ०६ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal