Skip to content
Prabhu

दूतावासद्वारा लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो ।

लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिङ्कमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र मारिएपछि तनाव बढेको छ । नेपाली दूतावास कायरोको ह्वाट्सएप नम्बर २०१०९७७७२३४८ तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासको ह्वाट्सएप नम्बर २०१००२५०५९९७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal