Skip to content
Prabhu

सेयर बजारमा करेक्सन, नेप्से ५ अंकले घट्दा कारोबार रकम २१ अर्ब बढी

काठमाडौं ।  साताको अन्तिम दिन बिहीबार सेयर बजारमा करेक्सन भएको छ ।  अघिल्लो दिन ६४ अंकले बढेको सेयर बजार परिसूचक आज ५ दशमलव २९ अंकले करेक्सन भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६५५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको मात्रै बढेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार भने अघिल्लो दिनकै हाराहारीमा पुगेको छ । अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएको सेयर बजारमा आज पनि २१ अर्ब माथिको कारोबार भएको छ ।

आज सेयर बजारमा ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २ लाख २९ हजार ८१३ पटक खरिद बिक्री हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २९ अंकले घटेर ४९२ दशमलव ७५ विन्दुमा पुगेको छ ।

त्यस्तै आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज ७ उपसूचकको सेयर मूल्य घटेको छ भने ६ उपसमूहको सेयर मूल्य भने बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal