Skip to content
Prabhu

सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनी

काठमाडौं । सेयर बजार कारोबार हुने साताको अन्तिम दिन सामान्य करेक्सन भएर बन्द भएको छ । अघिल्लो दिन ६४ अंकले बढेको बजार आज ५ अंकले घटेर बन्द भएको हो ।

१६४ कम्पनीको सेयर मूल्य घटेको दिन पिपिल्स हाइड्रोपावर कम्पनी, प्रभु बैंक डिबेन्चर २०८४, रसुवागढी हाइड्रोपवार कम्पनी लिमिटेड, अपर सोलु हाइड्रोइलेक्टिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा धेरै ९.१३ प्रतिशतको गिरावट आएको छ ।

बिहीबारको कारोबार बन्द हुँदा यो कम्पनीको सयर मूल्य ४३ रुपैयाँ ३० पैसाले घटेर ४३१ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै प्रभु बैंक डिबेन्चरको सेयर मूल्य पनि ८.६५ प्रतिशत अर्थात् ९७ रुपैयाँले घटेर १ हजार २५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज रसुवागढी हाइड्रोपावरको सेयर मूल्य पनि ७.०९ प्रतिशत अर्थात् ३० रुपैयाँ ९० पैसाले घटेर ४०५ रुपैयाँ पुगेको छ । अपर सोलुको सेयर मूल्य पनि ६.७० प्रतिशतले घटेको छ । यो स्टकको सेयर मूल्य ४२ रुपैयाँ ५८५ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ६.५५ प्रतिशत अर्थात् ५६ रुपैयाँ ३० पैसाले घटेर ८०३ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal