Skip to content
Prabhu

कमला ह्यारिसमाथि ट्रम्पको गम्भीर आरोप, भने– उनी काला जातिबाट आएकी हुन कि भारतबाट ?

बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ जुलाईमा उपराष्ट्रपति कमला ह्यारिसको पहिचानलाई लक्षित गरी तिखो टिप्पणी गरेका छन् । ब्ल्याक जर्नालिस्टको एक सम्मेलनमा बहसका क्रममा ट्रम्पले कमला ह्यारिसलाई उनी काला जातिबाट आएकी हुन वा भारतीय हुन्् भन्दै प्रश्न  गरेका छन् ।
राष्ट्रपति पद के लिए सम्भावित डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसविरुद्ध गलत आरोप लगाउँदै ट्रम्पले हालै कमलाले आफू एसियन अमेरिकन भएकोमा जोड दिएको दाबी गरे । उनले अब कमला काली व्यक्त भएको बताएका थिए ।
बुधवार को शिकागोमा नेशनल एसोसिएशन अफ ब्ल्याक जर्नालिस्ट कन्भेन्सनमा ट्रम्पले भने, “केही वर्षअघिसम्म मलाई उनी काला जातिबाट आउँछिन भन्ने थाहा थिएन । तर उनी अब आफूलाई सोहीअनुसार पेस गर्न चाहेकी छन् ।”
कमला ह्यारिसले ट्रम्पको उक्त टिप्पणी विभाजनकारी तथा अपमानजनक व्यवहार भएको टिप्पणी गरेकी छन् ।
काला समुदायबाट आउने महिलाहरूको संगठन सिग्मा गामा रोको एक सभामा कमलाले भनिन्, “अमेरिकीहरु  अझ राम्रो भविष्यका लागि  हकदार छन् । हामीलाई यस्तो नेता चाहिन्छ जसले यो बुझ्छ कि हाम्रो बीचको भिन्नता हामीलाई बाँड्दैन, यो हाम्रो बलियो सम्बन्धको एक महत्वपूर्ण स्रोत हो ।”
कमला ह्यारिस पहिलो काला जाति र एशियन–अमेरिकन उपराष्ट्रपति हुन् । उनको पुर्खा भारत र जमैकाबाट पनि छन् । ऐतिहासिक रूपमा ब्ल्याक विश्वविद्यालय हार्वर्डबाट उनले पढाइ गरिन् र मुख्यतया काला मानिसहरूको अल्फा कप्पा अल्फा महिलाहरूको संगठनमा सम्मिलित भइन् । सन् २०१७ मा सेनेटमा गएपछि उनी कंग्रेसनल ब्ल्याक कॉकसको सदस्य बनिन् ।
शिकागोको कार्यक्रममा ट्रम्पको यस टिप्पणीपछि एबीसी न्यूज संवाददाता रेचल स्कटसँग कडा बहस भयो । जो कार्यक्रमका होस्ट थिइने । ह्यारिसको जातीय पहिचानलाई लिएर रिपब्लिकन नेताले भने, “म दुवै पहिचानको सम्मान गर्छु । अहिलेसम्म उनी भारतीय थिइन् र अचानक आफूलाई काला जातिको व्यक्तिको रूपमा घोषित गरिन् ।”
ह्वाइट हाउस प्रेस सेक्रेटरी कैरीन जीन–पियरेले कसैको पहिचानमा टिप्पणी गर्ने या बताउने कि उसको पहिचान भएको र यो अरु कसैको अधिकार नभएको बताइन् ।
न्यूयोर्कका रिप्रेजेन्टेटिभ रिची टोरेसले उनी काला जातिबाट आउँछन् वा अन्यत्रबाट भन्ने निर्धारण गर्ने अधिकार ट्रम्पलाई कसले दिने भन्दै प्रश्न  पनि गरेका छन् । जातिको आधारमा आफ्नो विरोधीमाथि हमला गर्ने रिपब्लिकन उम्मेदवार र पूर्वराष्ट्रपतिको विगत रहँदै आएको छ । उनले देशका पहिलो काला जातिबाट राष्ट्रपति बनेका बराक ओबामालाई पनि झूटा आरोप लगाएका थिए कि उनी अमेरिका जन्मिएका थिएनन् ।
उनले आफ्नै पार्टीकी नेता निक्की हेलीमाथि पनि गलत आरोप लगाएका थिए कि उनी राष्ट्रपति बन्न सक्दिनन् किनकि जब उनको जन्म भयो, उनका अभिभावक अमेरिकी नागरिक थिएनन् । रिपब्लिकन प्राइमरीमा निक्की हेली उनकी प्रतिद्वन्द्वी थिइन् ।
डेमोक्रेटिक उम्मेदवार बन्ने दौडमा आएका बेलादेखि कमलाले धेरै हमलाहरूको सामना गर्नु परेको छ । रिपब्लिकन पार्टीले कमलालाई केबल जातका कारण उम्मेदवार बनाइएको दाबी गर्दै आएको छ ।
हैरिसले पहिले पनि आफ्नो भारतीय पुर्खाबार कुरा गरिसकेकी छन्् । उनकी आमाले दुई छोरीहरूलाई क्यालिफोर्नियाको अकल्यान्डमा ब्ल्याक संस्कृतिमा हुर्काएकी थिइन् ।
बहसको क्रममा ट्रंपले कमला हैरिसको साखमाथि पनि हमला गरे र भने कि आफ्नो कानूनी करियरको शुरुवातमा उनी बार परीक्षामा फेल भएको बताएका थिए । उनको उक्त टिप्पणीले दर्शकहरूमा असहजता देखिएको थियो । उनले भने, “म केवल तपाईंलाई तथ्य बताइरहेको छु । उनले आफ्नो बार परीक्षा पास गरेकी थिइनन् र उनलाई लाग्दैनथियो कि उनी यसलाई पास गर्न सक्छिन् या कहिले पनि पास गर्न सक्छिन् र मलाई थाहा छैन के भयो । हुन सक्छ उनले पास गरिन् ।”
ह्यारिसले सन् १९८९ मा यूनिवर्सिटी अफ क्यालिफोर्निया हैस्टिंग्स कलेज अफ ल बाट ग्रेजुएट भएकी थिइन् । न्यूयॉर्क टाइम्सको रिपोर्ट अनुसार, पहिलो प्रयासमा उनी असफल भएकी थिइन् र दोस्रो प्रयासमा उनले परीक्षा पास गरिन् । क्यालिफोर्निया स्टेट बारको अनुसार, आधा मानिस मात्र पहिलो प्रयासमा यो परीक्षा पास गर्न सक्छन् ।
शिकागो डिस्कशनको शुरुवात नै पूर्वराष्ट्रपति र स्कटबीच विवादास्पद चर्चा बाट भएको थियो । ट्रम्पले पत्रकार स्कटले संवाद सुरू गर्दा उनको परिचय नयाँ ढंगले गरेका थिए । साथै काला जातिहरुको आलोचना गर्ने उनको विगतबारे पनि प्रश्न सोधका थिए । जवाफमा ट्रम्पले यो मूर्खतापूर्ण र नस्लवादी भएको बताएका थिए ।
सन् २०२३ मा कमला ह्यारिसले ट्वीट गरेकी थिइन् । उनले १९ वर्षको उमेरमा उनी आमा श्यामला अमेरिका एक्लै आएकी थिइन् । उनीकी आमा एक वैज्ञानिक, सिविल राइट एक्टिविस्ट थिइन् ।
कमला हैरिसको जन्म क्यालिफोर्नियाको अकल्यान्डमा भएको हो । कमलाका अभिभावक पनि बाहिरबाट अमेरिका आएका थिए । कमलाको आमाको जन्म भारतमा भएको थियो र पिता जमैकामा जन्मिएका थिए । कमलाकी आमाले दिल्ली विश्वविद्यालयबाट पढाइ गरेकी थिइन् । जब कमला पाँच वर्षकी थिइन्, तब उनका अभिभावक अलग भएका थिए । कमलालाई आमा श्यामला गोपालन हैरिसले पालेकी थिइन् । श्यामला जब भारत आउँथिन्, तब कमला साथमा हुन्थिन् ।
आफ्नो नामको अर्थ कमलाले आफ्नो आत्मकथा ‘द ट्रुथ वी टोल्ड’ मा बुझाएकी थिइन् । कमलाले लेखेकी थिइन्, “मेरो नामको अर्थ हो कमलको फूल । भारतीय संस्कृतिमा यसको धेरै महत्व छ । कमलको बोट पानीको तल हुन्छ । फूल पानीको सतह माथि फुल्छ । जराहरू नदी तलबाट बलियोसँग जोडिएको हुन्छ ।”
सन् २०२० मा चुनाव प्रचारको क्रममा कमला एक भिडियोमा भारतीय खाना बनाउँदै र दक्षिण भारतबारे कुरा गर्दै देखिएकी थिइन् । कमलाले भनेकी थिइन् कि उनी धेरै सारा चामल, दही, आलुको रसदार सब्जी, दाल र इडली खान्दै ठूली भएकी हुन् । जब कमलाले सन्२०१४ मा वकील डगलस एम्फहॉफसँग बिहे गरिन्, यसमा भारतीय र यहूदी परम्परा दुवै निभाइएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal