Skip to content

केन्द्र सरकारद्वारा राहत रकम प्रदान

nabil
global ime

दमौली । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट ६ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक २ लाखका दरले ६ लाख रुपैयाँ प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपदबाट ज्यान गुमाउने परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिने उनले बताए।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहत स्वरुप प्रतिमृतक ५० हजार रुपैयाँका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छभने नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’  शुक्लागण्डकी नगर कमिटीले पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima