Skip to content
Prabhu

कक्षा १२ को नतिजा सार्वजनिक,५२ प्रतिशत उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीषा बोर्डले कक्षा १२ को परीक्षा शुक्रबार सार्वजनिक गरेको हो ।

परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ ३ लाख ८५ हजार ६ सय ३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८ सय ४७ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै ग्रेडवृद्धितर्फ २०७८/२०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५ सय ९ सहभागीमध्ये २५ हजार ४ सय ३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal