Skip to content

‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई

nabil
global ime
काठमाडौँ, १९ साउन मिस नेपाल वल्ड बिजेता केसी मिस नेपाल वल्ड बिजेता आसमा कुमारी केसी । ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माकुमारी केसीले मिस नेपाल वल्डको उपाधि चुमेकी हुन् ।तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् ।

प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेसलन २०२४’ को उपाधि जित्नुभयो । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima