Skip to content
Prabhu

समाज लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घट्यो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३२ प्रतिशतभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा ३२.३४ प्रतिशतले गिरावट आएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी सामान्य बढे पनि सम्भावित जोखिम बापत धेरै रकम व्यवस्था गर्नु परेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेको छ ।

निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.७८ प्रतिशतबाट बढेर ४.८२ प्रतिशत पुगेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३१ लाख रुपैयाँ व्यवस्था गरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भइ खुद नाफा घटेको हो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ ।

२ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal