Skip to content
Prabhu

निराधार समाचार र बदनियतपूर्ण भनाइप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

 काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विगत केही दिनदेखि केही व्यक्ति र समूहबाट विभिन्न अफवाह फैलाउने, आशंका र अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। 

परिसंघले लाखौं ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंकहरू सवल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूको अक्षरशः पालना गर्दै आइरहेको समेत स्मरण गराएको छ। 

परिसंघले बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन २०७३, तथा सो ऐनबमोजिम जारी भएको नियम तथा  बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरूपमा सुपरीवेक्षण तथा अनुगमन हुने क्षेत्र भएको समेत स्मरण गराएको छ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारबाही हुने गरेको, बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न आर्थिक परिसूचक तथा गैर वित्तीय परिसूचकहरूको सम्बन्धमा नियमित रूपमा आन्तरिक तथा नियामकमार्फत् समेत अनुमगन हुने भएकोले भ्रममा नपर्न समेत परिसंघले आग्रह गरेको छ। 

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रूपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ मार्फत सुरक्षण गरिएको समेत परिसंघले जानकारी गराएको छ। 

बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचकहरू स्वास्थ र सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएकोमा विश्वस्त हुन परिसंघले आग्रह गरेको छ।

१. बैंक तथावित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिमजारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने ।

२. अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारवाही हुने ।

३. बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै Capital Adequacy Ratio, Liquidity Ratio, CD Ratio, Cash Reserve Ratio  लगायतका विभिन्न मुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममित रुपमा आन्तरिक तथा नियामक मार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधानगर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने ।

४. नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको  ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथाकर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिएको हुने ।

उपर्युक्त तथ्यहरुलाई मध्यनजर गर्दै २०८० पुस मसान्तसम्म कुल ग्राहस्थ त्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुलगार्हस्थ्य उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्यवित्तीय परिसूचकहरु स्वस्थएवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकवर्गको हकहितका विषयमा कुनै पनिजोखिम सृजना नभएको जानकारी गराउँदै समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमाप्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सूचित गर्दछौं ।

तसर्थ, केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकहरुलाई आग्रह गरेका छन्  ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal