Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब १५ अंक बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ दशमलव २९ अंक घटेर २७५५ दशमलव ६२ विन्दुमा बन्द भएको नेप्से सोमबारको प्रिओपन सेसनमा १४ दशमलव ७६ अंक बढेर २७७० दशमलव ३८ विन्दुमा पुगेको हो ।

आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने २ दशमलव ५४ अंक बढेको छ । सोमबार प्रिओपन सेसनमा १२७ स्टकको ६५१ पटकको कारोबारमा ५ करोड ४२ लाख ३९ हजार ६६४ रुपैयाँ ४० पैसाबराबरको १ लाख २० हजार ४३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

जसमध्ये ७० स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ । बाँकी ३४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal