Skip to content
Prabhu

कुथेली बुखारी साना जलविद्युत् र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर बजार कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबार जारी रहँदा कुथेली बुखारी साना लजविद्युत् र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दिउँसो पौने १ बजेसम्मको कारोबार अवधिमा कुथेली बुखारीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सीटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । बिहीबार पछि आज खुलेको बजारमा कुथेली बुखारीको सेयर मूल्य १८६ रुपैयाँ ३० रुपैयाँले बढेर २ हजार ४९ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै सिटी होटलको सेयर मूल्य पनि आज ९६ रुपैयाँ ५० पैसाले बढेर १ हजार ६२ रुपैयाँ ३० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक भने १३ दशमलव ८६ अंकले बढेको छ । यो अवस्थासम्म सेयर बजारमा १० अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal