Skip to content

१० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा आज १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा विभिन्न १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा रु रु जलविद्युत परियोजना, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, कुथेली बुखारी साना जलविद्युत आयोजना, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माथिल्लो मेलुङ खोला जलविद्युत आयोजना, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै सीटी होटलको सेयर मूल्य ९.९९ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो ।

सोमबारको कारोबार बन्द हुँदा रु रु जलविद्युत परियोजनाको सेयर मूलय ७५ रुपैयाँ ७० पैसाले बढेर ८३२ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै सीइडीबी हाइड्रोपावरको सेयर मूल्इ १७७ रुपैयाँ १० पैसाले बढेर १ हजार ९४८ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै सगरमाथा जलविद्युतको सेयर मूल्य ५० रुपैयाँ १० पैसाले बढेर ५५१ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै कुथेली बुखारी साना जलविद्युतको १८६ रुपैयाँ ३० पैसाले बढेर २ हजार ४९ रुपैयाँ ७० पैसा, भगवति हाइड्रोपावरको सेयर मूल्य ९६ रुपैयाँ ८० पैसाले बढेर १ हजार ६४ रुपैयाँ ८० पैसा, माथिल्लो मेलुङ खोलाको सेयर मूल्य ५५ रुपैयाँ १० पैसाले बढेर ६०६ रुपैयाँ १० पैसा पुगेको छ ।

भिजन लुम्बिनी उर्जाको ६१ रुपैयाँ ९० पैसाले बढेर ६८० रुपैयाँ ९० पैसा र मुक्तिनाथा कृषि कम्पनीको १६२ रुपैयाँले बढेर १ हजार ७८३ रुपैयाँ पुगेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा सिटी होटलको ९६ रुपैयाँ ५० पैसाले बढेर १ हजार ६२ रुपैयाँ ३० पैसा र माउन्टेन हाइड्रो सेयर मूल्य २८ रुपैयाँ ४० पैसाले बढेर ३१३ रुपैयाँ ३० पैसामा आजको कारोबार बन्द भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life