Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से साढे ५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ४० दशमलव ७६ अंक बढेर २७९६ दशमलव ३८ विन्दुमा बन्द भएको नेप्से आजको प्रिओपन सेसनमा ५ दशमलव ६५ अंक बढेर २८०२ दशमलव ०४ विन्दुमा पुगेको हो ।

आजको सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ४३ अंक बढेको छ । मंगलबार प्रिओपन सेसनमा ९७ स्टकको ३११ पटकको कारोबारमा १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँ ८५ पैसाबराबरको २९ हजार ९३१ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी २४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal