Skip to content
Prabhu

१ घण्टामा सेयर बजार २८ अंकले घट्यो, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं । साताको तेस्र दिन मंगलबार १ घण्टाको समयमा सेयर बजार परिसूचक २८ अंकभन्दा बढीले आरोलो लागेको छ । मंगलबार १ घण्टाको अवधिमा सेयर बजार परिसूचक २८ दशमलव ७६ अंकले घटेको हो । यो अघिल्लो दिनको भन्दा १.०२ प्रतिशतले कम हो ।

अघिल्लो दिन ४० अंकभन्दा बढीले बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा ५ अर्ब बढीको कारोबार भएको छ । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ५ अर्ब ९१ करोड ४० लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।

१२ बजेसम्मको अवधिमा सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यो अवस्थामा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal