Skip to content
Prabhu

मंगलबार ८ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आयो । अघिल्लो दिनको भन्दा ५ प्रतिशत अर्थात १४५ अंकले घटेर आज सेयर बजार बन्द भएको । २३३ कम्पनीको सेयर मूल्य घटेको दिन जम्मा ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो । त्यसमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार बन्द हुँदा सकारात्मक सर्किट लाग्ने कम्पनीमा थ्री स्टार हाइड्रोपाव र कुथेली बुखारी साना जलविद्युत् आयोजना रहेको छ । थ्री स्टारको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो । आजको कारोबार बन्द हुँदा थ्री स्टारको सेयर मूल्य ६८ रुपैयाँ ६० पैसाले बढेर ७५४ रुपैयाँ ७० पैसा पुगेको छ । कुथेली बुखारीको सेयर मूल्य २०४ रुपैयाँ ३० पैसाले बढेर २ हजार २५४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य पनि ७ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ०.५९ प्रतिशतले बढी हो । त्यस्तै हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य पन िप्रतिकित्ता ४ रुपैयाँले बढेर ८४९ रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ०.४७ प्रतिशतले बढी हो ।

आजको कारोबार बन्द हुँदा रु रु जलविद्युत परियोजनाको सेयर मूल्य पनि ३.१६ प्रतिशत अर्थात् २६ रुपैयाँ ३० पैसाले बढेर ८५९ रुपैयाँ पुगेको छ । त्यस्तै मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य १.६८ प्रतिशत अर्थात् ९ रुपैयाँ ९० पैसाले बढेर ६०० रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ७ रुपैयाँ ९० पैसाले बढेर ५५९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.४३ प्रतिशतले बढी हो । त्यस्तै माथिल्लो मेलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि १.१४ प्रतिशत अर्थात् ६ रुपैयाँ ९० पैसाले बढेर ६१३ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal