Skip to content
Prabhu

नबिल बैंकका ग्राहकले हेयर एन्ड शान्तिबाट सेवा लिँदा १० प्रतिशत छुट पाउने

काठमाडौं । नबिल बैंकका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो । समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख नीरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सैलुनकी सञ्चालक विनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन् । 

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको  अग्रणी कम्पनी हो ।   समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।

नबिल बैंक र हेयर एण्ड शान्तिबीच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्नेछ । 

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal