Skip to content

कामना सेवा विकास बैंकको १ लाख ६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले १ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ । सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि निवेदन नआएको खण्डमा प्रचलित कानून बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने समेत बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T